मेला महोत्सव बन्द गराउन मन्त्री गुरुङद्वारा निर्देशन

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



पोखरा, २३ पुस । नेपालमा कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टी भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाई गर्ने तयारी गरिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले सिमानाकाे जाँचलाई कडाई गर्ने तयारी गरेकाे हाे ।

संघको स्वास्थ्य मन्त्रालयले ओमीक्रोन नियन्त्रणका लागि आबस्यक तयारी तुरुन्त गर्न भनेपछि ओमीक्रोन भाईरस बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै राेकथाकाे तयारी तिब्र पारीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिए। उनले भने, हामीले बैठक गरिरहेका छौं । यसकाे राेमथामका लागि के के गर्नुपर्ने हाे त्यस्काे तयारी गरिरहेका छौं ।

गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङसहित बसेकाे बैठकमा ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तिब्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आबस्यक तयारी गरि उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति ब्यबस्थापन, अक्सीजन सिलिण्डर तथा अन्य तयारी यथाशिघ्र ब्यबस्थापन गर्न उनले निर्देशन दिइन । उनले यस्तो अबस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न संबन्धीत निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिएकी छन् ।

मानिसको स्वास्थ्य भन्दा ठूलो कुरा अरु नभएकाले आबस्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अबस्था आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

यसअघि गरिएको हेलो डाक्टर, कोरोना अपडेट लगायतका कामहरु पनि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्लाहरु स्मार्ट लकडाउनको अबस्थामा पुगेका छन् । भारतसंग सिमा जोडिएका नाकाहरुमा सरकारले १, १ हजार बेडको आईसोलेसन र्निमाण गरेको छ ।