
पोखरा, पुस २३ । पोखरा महानगरपालिका वडा नं १४ मा रहेका शहिद स्मृति आबासिय मा.वि.मा रहेका बिद्यार्थिहरुलाई खोप लगाइएको छ । माओबादी जनयुद्धका क्रममा शहिद, बेपत्ता तथा घाईते भएका परिवारका बालबालिकालाई पढाउने उद्धेश्य स्वरुप स्थापना भएको बिद्यालयमा ३५० जना बिद्यार्थिहरुले अध्ययन गर्दे आएका छन । १२ बर्ष माथि १८ बर्ष भित्रका बिद्यार्थिहरुलाई खोप लगाइएको हो ।
सो क्रममा बिद्यालयका अभिभावक तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले शहिद परिवारलाई खोप कार्ड दिएर खोप सुरु गरिएको थियो । सो क्रममा मन्त्री अधिकारीले नेपालको आमुल परिबर्तनका लागि रगत बगाएका योद्धाहरुको छोराछोरीहरुलाई अध्ययन गराएर केही हदसम्म भएपनि शहिद परिवारको घाऊमा मलम लगाउने प्रयास गरिएको स्मरण गरनि ।
देशमा अहिले आएको गणतन्त्रको भागिदार यि बालबालिकाहरु हुन । तर केही चतुरहरुले यस्ता संरचनाहरु प्रति पनि नजरअन्दाज गर्न खोजेकोमा उनले सचेत रहन आग्रह गरिन । आबासिय रुपमा सञ्चालन गरिएको उक्त बिद्यालयले शिक्षाको गुणस्तरमा पनि बिकास गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




