राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन ‍(सूचीसहित)

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । आगामी माघ १२ गते हुन लागेको निर्वाचनमा आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।

उम्मेदवारको अन्तिम नामावलीसँगै चुनाव चिह्न पनि प्रदान गरेको छ । आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र कांग्रेस उम्मेदवारलाई रुख चुनाव चिह्न प्रदान गरेको छ ।

यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।