
काठमाडौं, २६ पुस । नेशनल माएक्रोफाइनान्स लभुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले आजसम्म मात्रै लाभांश सुरक्षित गर्न सक्ने भएका छन् ।
लघुवित्तको साधारण सभा र लाभांश वितरणको प्रयोजनको लागि मंगलबार बुक क्लोज गरिने भएको छ । सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।
लघुवित्तको संचालक समितिले ४५ प्रतिशत लाभांश वितणको घोषणा गरेको थियो । जस्मा ४० प्रतिशत बोनस सेयर तथा नगद लाभांश ५ प्रतिशतसहित ४५ प्रतिशत रहेको छ ।
लघुवित्तको माघ ६ गते आठौं साधारण सभा बोलाईएको छ । सभा धादिङस्थित क्रिक रिसोर्टमा बोलाईएको छ । सभामा लाभांश वितरणको प्रस्ताव, उपयुक्त लागेका लघुवित्तसंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



