१५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

-


     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ पुस । शिक्षा मन्त्रालले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार सीसीएमसीको बैठकले गरेको विद्यालय बन्द गर्ने निर्णयलाई मन्त्रालयले पालना गर्ने जनाएको छ ।

शिक्षा मन्त्रालयमा सोमबार बिहान भएको छलफलपछि कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको जोखिम बढेको भन्दै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले १५ माघसम्मको विद्यालय बन्द भएको समयलाई वार्षिक बिदाको समय गर्नेगरी व्यवस्था मिलाउन पनि भनेको छ ।