बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँंगै स्थानान्तरण

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




काठमाडौं, २६ पुस। कमलादीमा केन्द्रीय कार्यालय रहेकाे बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।


कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बितिय सेवा दिदै आएको छ ।


यस फाइनान्सवाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।