नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने म्याद माघ १२ गतेसम्म थप

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । अब बैंकको हकप्रद सेयरको लागि माघ १२ गतेसम्म आवेदिन सकिने भएको छ ।

पुस ७ गते निस्काशन गरिएको उक्त हकप्रद सेयरमा आवेदन दिने म्याद मंगलबार पुस २७ सम्म ताेकिएकाे थियाे । साे म्याद बढाएर माघ १२ गतेसम्म पुर्याइएकाे हाे ।

बैंकको १ः१ को अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी भएको थियो ।
मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद सेयर निष्काशनका लागि मंसिर २४ मा बुक क्लोज गरिएको थियो ।

इच्छुक लगानीकर्ताले नारायणी डेभलपमेन्ट बैंक, शाखा कार्यालयहरु, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन् ।