
काठमाडौं, २९ पुस । प्रिमियर इन्स्योरेन्सले सेयर धनीलाई दिने नगद तथा बोनस लाभांश संशोधन गरेको छ । बिमा समितिले नगद लाभांश वितरण गर्नमा रोक लगाएपछि इन्स्योरेन्सले संशोधन गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि ७.५ प्रतिशत नगद र ७।५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको २८औं वार्षिक साधारणसभा आउँदो माघ २१ गते कम्पनीको केन्द्रीय कार्यालयबाट जुम कन्फ्रेसनमार्फत् गर्नेछ भने । साधारण सभा तथा लाभांश वितरणको लागि इन्स्योरेन्सले माघ ५ गते बुकक्लोज गर्ने भएपछि सो मितिबाट २१ गतेसम्म कम्पनीको सेयर दाखिल खारेज बन्द रहने कम्पनीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार साधारण सभामा अघिल्लो वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने र अघिल्लो वर्षको नाफा, नोक्सानलगायतका विवरणहरु पारित गरिने छन् । कम्पनीको हालको चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रकम ८० लाख ५९ हजार दुई सय रुपैयाँ बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव पारित गरेबमोजिम कम्पनीको हालको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुने रकम १५ करोड ३१ लाख २४ हजार आठ सय बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




