राष्ट्रिय वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । राष्ट्रिय वाणिज्य बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न प्ररकारका खातामा शनिबार देखिनै नयाँ ब्याजदर लागू हुने जनाएको हो ।

बैंकका अनुसार बचत खातामा घटिमा ५.०५ प्रतिशत र बढीमा ८.०५ प्रतिशतसम्म ब्याज दिईने भनिएकाे छ । मुद्धति निक्षेपमा कम्तिमा ९.०५ प्रतिशतदेखि बढीमा ११.०५ प्रतिशत ब्याज तोकिएको बैंकले जनाएको छ ।

बैंकले आवधिक कर्जाका लागि स्थिर ब्याजदर व्यक्तिगत कर्जामा ९.५० प्रतिशतदेखि बढीमा १३ प्रतिशतसम्म तोकेको छ ।