पोखरा फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न, ८.५० प्रतिशत लाभांश पारित

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


पोखरा, ३० पुस । पोखरा फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हाे । बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १०४ अर्ब पुगेको छ ।

सभाले आ.व. २०७८/७९ को लेखा परीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्नलगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन ।

पाेखराकाे न्युराेडमा प्रधान कार्यालय रहेकाे फाइनान्सले आधुनिक प्रविधियुक्त सबै प्रकारका बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै सेवा प्रबाह गरिरहेको जनाएको छ ।