‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्दै सेल्सवेरी ग्रुप

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । सेल्सवेरी ग्रुपले माघ १ देखि फाल्गुण ३० गतेसम्म “मेड इन नेपाल” अभियान सञ्चालन गर्ने भएको छ । डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने ग्राहकहरु माझ नेपाली उत्पादनलाई अझ बढी चिनाउने, प्रयोग गर्न प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादनकर्ताहरुसँग सहकार्य गर्दै नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिने अभिप्रायले सेल्सवेरी ग्रुपले मेड इन नेपाल अभियान सञ्चालन गर्न लागेको हाे ।

पहिलाे चरणमा काठमाडाैका ४ वटा शाखामा र पाेखराका ३ वटा शाखाहरुमा बिशेष ब्यवस्थापन गरी याे मेड इन नेपाल अभियान सञ्चालन हुने र बाँकी अन्य आउटलेटमा पनि मेड इन नेपाल अभियानकाे प्रचारप्रसार गरिने सेल्सवेरी ग्रुपका चिफ बिजनेस अफिसर सिएन पौडेलले सफल आवाजलाई बताए । बाणिज्य बिभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले भाेली माघ १ गते मेड इन नेपाल अभियानकाे शुभारम्भ गर्ने बताइएकाे छ ।

यो अभियानले देशको अर्थ व्यवस्थामा प्रत्यक्ष सहयोग पुगे जस्तो नदेखिएपनि पलायनको अवस्थामा पुगेका, देशलाई आफ्नै उत्पादनले आत्म निर्भर बनाउन संघर्ष गरिरहेका नेपाली ब्राण्डलाई हौसला बढ्न गई, गरिवी न्युनिकरण, आन्तरिक रोजगारी सृजना, नेपाली उत्पादनको विश्वव्यापी पहिचान तथा व्यापार घाटा न्युनिकरण हुने र कालान्तरमा देशको अर्थव्यवस्थामा टेवा पुर्याउन कोशेढुंगा सावित हुन सक्ने कंपनीले बिस्वास लिएको सेल्सवेरी ग्रुपका संस्थापक शुशिलमान प्रधानाङ्गले बताए । यस अभियानमा आ–आफनो क्षेत्रबाट सहयोग गरी नेपाली उत्पादन प्रवर्धनका लागि हातेमालो गरिदिनु हुन सरोकारवालालाई उनले आग्रह समेत गरे ।


गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई आफ्नो मुलमन्त्र बनाई विगत २८ बर्ष देखि चेन डिपार्टमेण्ट स्टोरका रुपमा संचालित सेलवेज ग्रुप अन्तर्गत रही विगत ७ वर्षदेखि यस ग्रुपले सेल्सवेरी व्राण्डमा आफ्नो व्यवसाय विस्तार गर्दै आइरहेको छ । यसै शिलशिलामा आगामी ५ वर्ष भित्र देश भरीमा १०० वटा शाखा विस्तार गरी ४,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको बताइएकाे छ ।

सेल्सवेरी ग्रुपले आफनो व्यापार व्यवसायका अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ । देशले विभिन्न समयमा भोग्दै आएको विषम परिस्थितिमा आफ्नो सहयोग मार्फत राज्यसँग हातेमालो गर्दै समेत आएको कंपनीले जनाएको छ ।