१३ प्रतिशत लाभांश पारित गर्दै कालिका लघुवित्तको बाह्रौं साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित




पोखरा, २ माघ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले आ.व.०७७-०७८ को बितिय बिवरणहरू पारित गर्दै बाह्रौ साधारण सभा सम्पन्न गरेको छ ।


शुक्रवार सम्पन्न बाह्रौ साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्ण बहादुर खाँणले गरेका थिए ।
सभा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष कृष्ण बहादुर खाँणले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु लगायत १३ प्रतिशत शेयर लाभांस सहितको वार्षिक प्रतिवेदन पारित गर्दै बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।


पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्व संस्थापक अध्यक्ष चन्द्र बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रवन्ध संचालक केशवनारायण प्रधानले संस्थाको बर्तमान अवस्था र भावी योजनाहरुवारे विवरण प्रस्तुत गरेका थिए भने संस्थाका कम्पनी सचिव एवं वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले साधारण सभाकाे संचालन गरेका थिए ।