पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा प्राविधिक गडबडी भएपछि काठमाडौं नै फर्काइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा प्राविधिक गडबडी आएपछि जहाज फर्किएको हो । अहिले प्राविधिक टोलीले जाँच गरिरहेको छ । जहाजमा रहेका एक जना यात्रुले भने आकाशमै हवाईजहाजको ढोका खुलेपछि आफूहरुलाई काठमाडौं विमानस्थलमै फर्काइएको बताउँछन् ।

काठमाडौंबाट उडेको करीब ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरि त्रिभुवन बिमानस्थलमै अवतरण गरेको यात्रुहरुले बताएका छन् ।