एभरेष्ट बैंकमा लगानीकाे अवसर, २ अर्बको ऋणपत्र खुल्याे

-



     सफल आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ माघ । एभरेष्ट बैंकले आजदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदर रहेको २ अर्ब बराबरको “एभरेष्ट बैंक ऋणपत्र, २०८६” बिक्रीका लागि खुल्ला गरेको छ । सो ऋणपत्र ८ वर्षका लागि रहेको छ ।

प्रतिकित्ता १ हजार अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरिएको हो । सो ऋणपत्रबाट ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यसबाट ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरले बिक्री गर्नेछ ।

ऋणपत्र खरिद गर्नका लागि लगानीकर्ताहरुले माघ ६ गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको मितिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । लगानी गर्न चाहने लगानीकर्ताले घटिमा २५ कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।