प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ माघ । प्रिमियर इन्स्योरेन्सका सेयरधनीहरुले आज माघ ४ गते मंगलबारसम्म लाभांश सुरिक्षत गर्न सक्ने भएका छन् । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि माघ ५ गते बुक क्लोज हुने जनाएको छ ।

यसर्थ आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयरको कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । जस्मा १४.२५ प्रतिशत बोनस सेयर तथा करको प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश रहेको छ ।

यसैबीच, प्रिमियर इन्स्योरेन्सले लाभांश वितरणको प्रस्तावलाई अनुमोदन गर्न माघ २१ गते प्रिमियर भवन, नक्साल, काठमाडौंमा २८औं साधारण सभा बोलाएको छ । सभा पूर्वान्ह ११ वजे अनलाइनमार्फत बोलाईएको छ ।