५ महिनामा वाणिज्य बैंकहरुको मुनाफा २८ अर्ब नाघ्याे, कुन बैंकले कति कमाए ?

-



     सफल आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) मा वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । एक महिनाको अवधिमै २७ वटा वाणिज्य बैंकहरुले करिब २० प्रतिशत नाफा आर्जन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिना अर्थात् कार्तिकसम्ममा वाणिज्य बैंकहरुको नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो । एक महिनाको अवधीमा १९.८८ प्रतिशत अर्थात् ४ अर्ब ६७ करोड रुपैयाँ बढेर बैंकहरुको नाफा २८ अर्ब २० करोड पुगेको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी कमाउने बैंक एनआईसी एसिया रहेको छ । सो बैंकले चालू आर्थिक वर्षको ५ महिनामा २ अर्ब ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत कात्तिकमा एनआईसी एसिया बैंकले एक अर्ब ५९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । एक महिनामा २०.१६ प्रतिशतले बैंकको नाफा बढेर दुई अर्ब ४० करोड पुगेको हो ।

एनआइसी एसियापछि नाफा बृद्धि गर्ने बैंक ग्लोबल आईएमई रहेको छ । ग्लोबल आइएमई बैंकले एक अर्ब ९६ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार कात्तिकमा ग्लोबलले १ अर्ब ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । एक महिनामा २०.८९९ प्रतिशतले नाफा वृद्धि भएपछि बैंकको खुद नाफा एक अर्ब ९६ करोड ८ लाख रुपैयाँ पुगेको हो ।

नबिल बैंकले पनि एक महिनाको अवधीमा १७.८५ प्रतिशत नाफा बढाएको छ । चालू आवको ५ महिनामा नविलको खुद नाफा १ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत महिना अर्थात् कात्तिक मसान्तसम्म सो बैंकको नाफा एक अर्ब ५५ करोड ६१ लाख रुपैयाँ थियो ।

१ अर्बभन्दा बढी कमाउने बैंकहरु

एनआइसी, ग्लोबल र नविल बैंकपछि बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । सो बैंकले चालू आवको पाँच महिनामा एक अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै प्राइम कमर्सियल बैंकले एक अर्ब ५० करोड रुपैयाँ, प्रभु बैंकले एक अर्ब ३७ करोड, एनएमबी बैंकले एक अर्ब ३६ करोड, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ३३ करोड, मेगा बैंक नेपालले एक अर्ब २६ करोड र नेपाल बैंकले एक अर्ब ४ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

एक महिनामै बैंक अफ काठमाडौं र सनराइजको ३० प्रतिशतभन्दा बढी नाफा

एक महिनाको अवधीमा नाफा बढाउने बैंकमा बैंक अफ काठमाडौं अगाडि देखिएको छ । खुद नाफा कम भए पनि एक महिनामै ३१ प्रतिशत नाफा वृद्धि गरेको छ । गएको महिना ३७ करोड ५९ लाख नाफा कमाएको बैंकले मंसिरमा भने ३१.९४ प्रतिशत नाफा कमाएर ४९ करोड ५९ लाख रुपैयाँमा प्रवेश गरेको छ । सनराइज बैंकले पनि एक महिनाको अवधीमा ३०.७७ प्रतिशतले नाफा बढाएको हो ।

गत महिना अर्थात् कार्तिकमा ५३ करोड ८२ लाख नाफा आर्जन गरेको सनराइजले गत मंसिरमा ३०.७७ प्रतिशत नाफा कमाएर ७० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकको नाफा ४० करोड मात्र

सबैभन्दा कम नाफा कमाउने बैंकको सूचीमा रहेको छ, सेञ्चुरी बैंक । सो बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा ४० करोड २५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो महिना (कात्तिक मसान्तसम्म) बैंकले कुल ३१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । एक महिनाको अवधीमा सेञ्चुरीले ८ करोड ८३ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ ।

अन्य बैंकको कति ?