२२.२५ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

-



     सफल आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ माघ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत वर्षको सोहि अवधिकोभन्दा खुद नाफामा बृद्धि भएको छ ।

यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म संस्थाले १४ करोड ७८ लाख खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा २२.२५ प्रतिशतले बढी हो । गएको वर्ष संस्थाको नाफा १२ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानीमा भएको बृद्धिसंगै संचालन नाफा बढेपछि खुद नाफामा बृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी ५५.९९ प्रतिशत र संचालन मुनाफा १३.१२ प्रतिशतले बढेको छ ।

लघुवित्तको निष्किृय कर्जा १.९५ प्रतिशत रहेको छ । संस्थाले जोखिम व्यवस्थापनमा ९ करोड ३२ लाख छुट्याएको छ । पुस मसान्तसम्म ८ करोड ४० लाख खराब कर्जा उठाएको छ ।

लघुवित्तको चुकता पूँजी ६७ प्रतिशत बढेको छ । जगेडा कोषमा ९४.४२ प्रतिशत बढेको छ । यसअवधिमा निक्षेप ५८.५० प्रतिशत, सापटी ४७.७८ प्रतिशत र कर्जामा ७१.६४ प्रतिशत बृद्धि भएको छ ।