राजापुर बजारमा खुल्यो सांग्रिलाको १०६ औं शाखा

-



     सफल आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं,६ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै राजापुर नगरपालिका ४, राजापुर बजार, बर्दियामा नँया शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवारबाट सो शाखा संचालनमा ल्याएको हो ।


राजापुर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । योसँगै सांग्रिलाको कुल शाखा संख्या १०६ पुगेको छ ।


बैंकले देशभरका आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुले अझ सरल र सहज तरिकाले बैकिङ सेवा लिन सक्ने नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए ।