
काठमाडौं, ७ माघ । केहि दिनदेखि नेपालमा चलाईने इन्टरनेटमा आईरहेको समस्या समाधान हुन अझैं केहि हप्ता लाग्ने भएको छ । समुद्रमा बिछ्याईएको इन्टरनेट केबलमा खराबि उत्पन्न भएपछि इन्टरनेट संचालनमा समस्या आएको हो ।
नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले एक बिज्ञप्ति प्रकाशित गरी समुद्र मुनिका केबलहरुमा समस्या आएको कारण इन्टरनेट सेवा प्रभावित भएको जनाएको छ ।
विश्वव्यापी रुपमा इन्टरनेट सेवा प्रवाह गर्न समुद्र मुनिका सबमरिन केबलहरु प्रयोग गरिन्छ । बितेका केहि दिनदेखि सबमरिन केबलमा समस्या भईरहेको कुरा जानकारी गराउँदछौं, संघका अध्यक्ष सुधिर पराजुलीले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ ।
अपस्ट्रिम प्रोभाइडरहरु टाटा, एयरटेल, सिफीका अनुसार मुम्बई हुँदै यूरोप, मध्येपूर्व र अमेरिकामा पठाईने इन्टरनेट ट्राफिकमा असर परेको जनाईएको छ ।
अहिले समस्या निदानका लागि वैकल्पिक मार्गहरुको प्रयोग गरिरहेकोले सेवा प्रभावित भईरहेको जनाईएको छ । अपस्ट्रिम प्रदायकहरुले केबल जहाजमा मर्मत, पानीमा मौसमको अवस्था र मर्मतका लागि लिनुपर्ने अनुमति जस्ता कारणहरुले गर्दा समस्या समाधान हुन केहि हप्ता लाग्न सक्ने भएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



