संक्रमण बढ्न थालेपछि एनआइसी एशिया बैंकले गर्यो ३५ शाखा र बिस्तारित काउन्टर बन्द

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित




काठमाडौं, ९ माघ । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि एनआइसी एशिया बैंकका ३५ वटा शाखा कार्यालयहरु र बिस्तारित काउन्टर बन्द गरिएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै बागमतीका २३ वटा शाखा बन्द गरेको जनाएको छ । यीसहित विभिन्न स्थानमा रहेका पैतिस शाखा र बिस्तारित काउन्टर बन्द गरिएको हो ।

काठमाडौंको बालाजु, ग्वार्को, कीर्तिपुर, न्युरोड, महाराजगन्ज, पेप्सीकोला, गोदाबरी, शंखमुल, गोठाटार, कौशलटार, सिनामंगल, बसेनी, हेटौंडा, नारायणगढलगायतका स्थानमा रहेका शाखाहरु बन्द गरिएको छ ।

यस्तै धोबीघाट, थैब, लामाटार, लुभु तथा चन्द्रागिरी शाखा बन्द भएको छ । बैंकले पुष्पलाल चोक र रोडशेष चोक विराटनगर, धरान र इटहरीमा रहेका काउन्टर बन्द गरेको छ । धनुषा शाखा, तनहुँको डुम्रे शाखा, जुम्ला रोडमा रहेको शाखा, तिलोत्तमा शाखा, देवकोटा चोक र मणिग्राम शाखा बन्द गरेको छ ।

बैंकका अनुसार यीबाहेक अन्य स्थानका शाखा र बिस्तारित काउन्टरहरु बिहान १० देखि अपरान्ह तीन बजेसम्म खुल्ला हुनेछन् । बैंकले स्वास्थ्य सुरक्षालाइ मध्येनजर गरी डिजिटल काराेबार अपनाउन सबैमा अनुराेध गरेकाे छ ।