
काठमाडौं, ९ माघ । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा खुद नाफा तथा प्रतिसेयर आम्दानी बढेको जनाएको छ । फाइनान्सको सार्वजनिक भएको दोश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार सो अवधिमा गुडविलकाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेको देखिएको हो ।
यस आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्म फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गएको वर्ष सोहि अवधिकोभन्दा ४२.७१ प्रतिशत बढी हो । फाइनान्सको खुद ब्याज आम्दानीमा बृद्धि भएपछि नाफामा बृद्धि भएको हो ।
खुद ब्याज आम्दानी १३८.३५ प्रतिशतले बढ्दा कमिसन आम्दानी भने १६.८८ प्रतिशतले घटेको छ । संचालन नाफा ४२.२२ प्रतिशत बढेको देखिएको छ । फाइनान्सको वितरण योग्य नाफा ८५ लाख रहेको छ । फाइनान्सको इम्पेयरमेन्ट चार्ज ३ करोड ६१ लाख भएको छ । अघिल्लोपालि यो ३ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
फाइनान्सले कमाएकाे नाफासंगै प्रतिसेयर आम्दानी इपिएस बढेको छ । १२ रुपैयाँ ८० पैसाबाट बढेर १६ रुपैयाँ ७४ पैसा भएको छ । यस वर्षको सुरुको ६ महिनामा फाइनान्सको निक्षेप ३.०२ प्रतिशत, कर्जामा ८.६५ प्रतिशत, जगेडा कोषमा ७.०२ प्रतिशत र चुक्ता पूँजी ९.१० प्रतिशत बढेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




