घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ माघ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुन तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । यसअघि शुक्रबार छपावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा प्रतितोला रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।