सोमबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० माघ । साताको पहिलो दिन सुनचाँदीको भाउमा गिरावट भई कारोबार भएकोमा कारोबार हुने दोश्रो दिन सोमबार दुबैको भाउ स्थिर रहेको छ । आईतबार छापावाला सुन तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भई कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउमा फेरबदल नभई प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । आईतबार पनि सोहि भाउमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन सोहि भाउमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहि कारोबार भईरहेको छ । चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ ।