साताको दोस्रो दिन १०० अंकले घट्यो नेप्से परिसूचक

-



     सफल आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० माघ । साताको दोस्रो दिन सेयर बजारमा पहिरो गएको छ । सेयर बजार मापक नेप्से सूचक करिब १ सय बिन्दुले माइनसमा झरेको छ । आज नेप्से सूचक ९९.८६ अंकले घटेर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमसमेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजारमा झरेको छ ।

सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २०५ वटा कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहहरु राताम्य देखिएका छन् । आज सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमूहका लगानीकर्ताले धेरै गुमाएको नेप्सेले जनाएको छ ।

आज २ कम्पनीको भने कारोबार १० प्रतिशतले बढेको छ । नेप्से उच्च अंकले घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज ज्योती लाइफ इन्स्योरेन्स र गोर्खाज् फाइनान्सको समेत मूल्य बढेको छ ।