
काठमाडौं, ११ माघ । छयाङदी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्रीका लागि ल्याउँदैछ । सेयरधनीहरुले आफुले चाहेको हकप्रद सेयरमा आजैबाट आवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाको ३० प्रतिशतले हुने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जो रुपैयाँ १०० अंकित दरको ८ लाख ९३ हजार २५ कित्ता रहेको छ ।
सेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले पुसको २१ गते बुक क्लोज गरेको थियो । सेयरधनीहरु जसले पुस २० गतेसम्म सेयर कारोबार गरी कायम भएका छन् उनहिरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
सेयरधनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजत पाएका सिआस्वामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन । आवेदन दिने मिति फागुन २ गतेसम्म कायम रहनेछ ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




