बढ्यो छापावाला सुनको भाउ, चाँदीको घट्यो

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छपावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीमा भने रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुनमा तोलामा रुपैयाँ ५०० ले बृद्धि भएर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छपावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । यसरी घटेको चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।