१ हप्तामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । पछिल्लो एक सातामा बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । ३० पुससम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो । माघ ७ गते निक्षेप घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो ।

नेपाल बैंकर्स संघका अनुसार एक हप्तामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँले ऋण बढाएका छन् । गत २६ पुसको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

हप्ता दिनमै १३ अर्बले बैंकको निक्षेप घटेपछि तरलता पुनः अभाव हुने देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गरेर सहज भइरहेको तरलता समस्या पुनः संकटमा पर्ने देखिएको हो ।