हिमालयन बैंकले कमायो ७४ करोड ३४ लाख खुद नाफा

-



     सफल आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ माघ । हिमालयन बैंकले खुद नाफा कमाएको छ । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको वित्तीय विवरणका अनुसार गएको वर्षको सोहि अवधिकोभन्दा यस पटक बैंकको खुद नाफा बढेको हो ।

यस आर्थिक वर्षको दोश्रो त्रैमासम्म बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको सोहि अवधिकोभन्दा १३.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ६५ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा भएको बृद्धिसंगै खुद नाफामा बृद्धि भएको हो । खुद ब्याज आम्दानी ८.९९ प्रतिशत र कमिसन आम्दानी ४१.६४ प्रतिशत बढेको छ । संचालन नाफा ७.६६ प्रतितले बढेको छ । बैंकको पुसको अन्तिमसम्म वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो पटक १२ रुपैयाँ २३ पैसा रहेकोमा यस आर्थिक वर्षको सोहि अवधिमा घटेर ११ रुपैयाँ ४७ पैसा भएको छ ।

चालु वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ । जगेडा कोष २१.७० प्रतिशत घटेको देखिन्छ भने बैंकको निक्षेपमा १७.३७ प्रतिशत र कर्जातर्फ १९.५४ प्रतिशत बढेको छ ।