
काठमाडौं, १२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधीमा वाणिज्य बैंकहरुको नाफा ३ अर्ब १३ करोड ३४ लाख रुपैयाँले बढेको हो ।
वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आइएमईले गत आव वर्षको पहिलो ६ महिना २ अर्ब ३१ करोड रुपैयाँ कमाएको थियो भने चालू आवको पहिलो ६ महिनामा २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।
धेरै मुनाफा कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । एनआइसीले गत वर्षको तुलनामा ३४ करोड रुपैयाँ नाफा बढाएको हो । गत वर्षको पहिलो ६ महिनाको अवधीमा २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधीमा एनआइसी एसियाको खुद मुनाफा २ अर्ब ४० करोड रुपैयाँ पुगेको हो ।
तेस्रो नम्बरमा धेरै नाफा कमाउने नबिल बैंक देखिएको छ । नबिल बैंकले एक वर्षमा १७ करोड रुपैयाँ बराबर नाफा बढाएको छ । गत वर्षको पहिलो ६ महिनामा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालू आवको सोही अवधीमा २ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
अर्बभन्दा बढी नाफा कमाउने १६ वाणिज्य बैंक
ग्लोबल, एनआइसी, नबिलसँगै अर्ब नाफाको सूचीमा पर्ने वाणिज्य बैंकको संख्या १६ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि गत वर्षको तुलनामा १७ करोड रुपैयाँ नाफा बढाएको हो ।
विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले गत आवको पहिलो ६ महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा चालू आवको पहिलो ६ महिनामा १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको हो । तथ्यांकअनुसार एनएमबी बैंकले गत वर्ष १ अर्ब ७५ करोड र चालू आवको १ अर्ब ९२ करोड, प्राइम कमर्सियलले १ अर्ब ६८ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६२ करोड, सिद्धार्थले १ अर्ब ५८ करोड, कृषि विकासले १ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
चालू आवको पहिलो ६ महिनामा नेपाल बैंकको १ अर्ब ४१ करोड, मेगा बैंकको १ अर्ब ४० करोड, प्रभु बैंकको १ अर्ब २६ करोड, सिटिजन्स बैंकको १ अर्ब २४ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९ करोड, सानिमा बैंकको १ अर्ब ९ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको हो ।
११ वटा वाणिज्य बैंकहरुको नाफा भने १ अर्बभन्दा कम छ । जसमा सबैभन्दा कम नाफा सिभिल बैंकको रहेको छ । सिभिल बैंकले गत आर्थिक वर्षको तुलनामा ३० करोड रुपैयाँ नाफा बढाए पनि अन्य वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा कम नाफा कमाएको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा सिभिल बैंकको नाफा २० करोड २८ लाख थियो भने चालू आवको सोही अवधीमा सिभिलको नाफा ५० करोड ४० लाख पुगेको छ । बैंक अफ काठमाडौंले पनि ७१ करोड ९३ लाख नाफा कमाएको छ भने सेञ्चुरीले ७२ करोड २१ लाख, हिमालयनले ७४ करोड ३४ लाख, सनराइजले ७४ करोड ५५ लाख, नेपाल एसबीआइले ७८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

६ बैंकको नाफामा गिरावट
२७ वाणिज्य बैंकको ६ महिनाको वित्तीय तथ्यांक हेर्दा ६ वाणिज्य बैंकको नाफा घटेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, कुमारी बैंक, सनराइज बैंक, एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.४३ प्रतिशतदेखि २१.७७ प्रतिशतसम्म नाफा घटेको हो ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा कुमारी बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड ६५ लाख नाफा कमाएको कुमारी बैंकले यस वर्ष २१.७७ प्रतिशतले नाफा गुमाएर ९५ करोड १७ लाख रुपैयाँमा संकुचित भयो ।
प्राइम बैंकले पनि अघिल्लो वर्षको भन्दा यस वर्ष ७.४३ प्रतिशतले आफ्नो नाफा गुमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब ६७ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



