शिखर इन्स्यारेन्सकाे माघ २१ मा बुक क्लोज हुँदै

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि माघ २१ गते बुक क्लोज हुने बताएको छ । माघ २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने भएका छन् ।

इन्स्योरेन्सको २०७७ चैत्र ९ गते सम्पन्न भएको पन्धौं तथा सोहौं वार्षिक साधारण सभाबाट पारित भएको १ः०३ को अनुपातमा विद्यमान १ कित्ता बराबर नयाँ ०.३ कित्ता सेयरको दरले हकप्रद सेयर निष्काशन गर्न माघ २१ गते बुक क्लोज गरिने भएको हो ।

कम्पनीले सेबोनबाट १०० रुपैयाँ मूल्य अंकित दरमा ३० प्रतिशतले हुने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति लिईसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ताेकेकाे छ ।