एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ५२.६६ प्रतिशतले घट्यो

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा ५२.६६ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको हो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको मुनाफा ४ करोड ७० लाख रुपैयाँ मात्रै छ । गत वर्षको सोही अवधीमा बैंकको नाफा ९ करोड ९३ लाख रुपैयाँ थियो ।

बैंक सञ्चालन नाफा पनि गत वर्षभन्दा सोही बिन्दुले घटेको छ । अर्थात् गत वर्षको तुलनामा बैंकको सञ्चालन मुनाफा ५२.६६ प्रतिशतले घटेको छ । गत वर्ष १४ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले चालू आवको पहिलो ६ महिनाको अवधीमा ६ करोड ७१ लाख रुपैयाँ मात्रै नाफा गरेको हो ।

बैंकको कुल जगेडा कोष रकम पनि १६.२२ प्रतिशतले घटेको छ । निक्षेप संकलन भने गत असार मसान्तसम्मको भन्दा २.३६ प्रतिशत बृद्धि भएर ११ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ भने कर्जा प्रवाह १२.४६ प्रतिशत बढेर १० अर्ब ३४ करोड रुपैयाँ भएको छ ।