रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त

-



     सफल आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ९८ औं बैडकले पोखरेललाई सीईओमा नियुक्ति गर्न छनौट गरेको थियो ।

बिमा समितिबाट माघ ७ गते स्वीकृत प्राप्त भएपछि पोखरेललाई बिहीबारबाट लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको कम्पनी सचिव मुना पौडेलले जानकारी दिइन् ।