लाभांश वितरणको प्रस्ताव पारित गर्न जानकी फाइनान्सले बोलायो साधारण सभा

-



     सफल आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ माघ । जानकी फाइनान्सले आफ्ना सेयरधनीहरुलाई वितरण गर्न संचालक समितिले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा आव्हान गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पारित गर्न फागुन ७ गते २५ औं साधारण सभा आव्हान गरेको हो ।

सभाबाट १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । जस्मा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांशसहित १५.७८९५ प्रतिशत लाभांश रहेको छ ।

साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरिक्षकको नियुक्ती, संस्थापकहरुबाट ३ जना र सर्वसाधारणबाट २ गरी ५ जना संचालकको चयनलगायतका प्रस्तावहरु पारित गरिने भएको छ ।

साधारण सभाको प्रयोजनका लागि फाइनान्सको माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज हुने भएको छ । माघ २३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयरको कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै साधाधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

साधारण सभा फागुन ७ गते होटल जानकी इन्टरनेशनल, शिवचोक जनकपुरमा बिहान १० बजे बोलाईएको छ ।