
काठमाडौं, १४ माघ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको भन्दै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली थप व्यवस्थित बनाउन उपत्यकाका सीडीओहरुको बैठक बस्दैछ ।
शुक्रवार मध्याह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालका अनुसार तत्काल जोरबिजोर हटाउने निर्णय नभए पनि व्यवस्थित कसरी गर्ने भन्नेबारेमा छलफल हुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



