लायन्स डिस्ट्रिक्ट ३२५ के को डिस्ट्रिक्ट गर्भनरमा राजेन्द्र बाटाजुले दिए उमेदवारी

-



     सफल आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ माघ । पोखराका स्थापित ब्यवसायी तथा सामाजिक ब्यक्तित्व राजेन्द्रकुमार बाटाजू अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्सको डिस्ट्रिक्ट गभर्नर बन्ने भएका छन् । बाटाजूले लायन वर्ष २०२२/२३ का लागि लायन्सको डिस्ट्रिक्ट गभर्नर बन्ने तयारीका साथ उम्मेद्बारी दर्ता गरेका हुन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बाटाजुसहित प्रथम भाइस गभर्नरमा सुचित्रा थापा र दितिय भाइस गभर्नरमा निरा बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन । गभर्नरमा उम्मेद्बारी दिएका बाटाजु हाल लायन्स जिल्ला ३२५ बि १को डिस्ट्रिक्ट चिफ एड्भाइजर छन ।