आम्दानी बढेपछि चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । चन्द्रागिरी हिल्सले अघिल्लो वर्षको तुलनामा यसपटक आम्दानीमा बृद्धि भएको जनाएको । जस्काे कारणा कम्पनीको नोक्सानी ऋणात्मक देखिएको छ ।

सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा सोहि अवधिमा यसपटक हिल्सले आम्दानी बृद्धि गरेको हो ।

यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको नोक्सानी १ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस्तो नोक्सानी गएको वर्ष सोहि अवधिमा १२ करोड ३२ लाख रहेको थियो । कम्पनीको आम्दानीमा सुधार भएपछि नोक्सानी घटेको हो ।

हिल्सको संचालन आम्दानी ४०३.२७ प्रतिशत, कुल आम्दानी ५४४.३९ प्रतिशत र खर्च १२३.६६ प्रतिशत बढेको पाईएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २६ पैसाबाट घटेर २ रुपैयाँ २९ पैसामा आएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रहेको छ । दोश्रो त्रैमाससम्म जगेडा कोषमा ४३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा छ ।