स्वरोजगार लघुवित्तले कमायाे ९ कराेड १ लाख खुद नाफा

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले यस वर्ष खुद नाफामा बृद्धि गरेको छ । संस्थाको सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षकोभन्दा यस आर्थिक वर्षको सोहि अवधिमा संस्थाको खुद नाफामा बृद्धि भएको हो ।

संस्थाले पहिलो ६ महिनामा ९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो अघिल्लो वर्षकोभन्दा ३६.२४ प्रतिशत बढी हो । गत वर्ष सोहि अवधिमा संस्थाको कमाई ६ करोड ६१ लाख रुहेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसंगै खुद नाफामा बृद्धि हुन सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ५७.१२ प्रतिशत बढेको छ । संचालन नाफा १० करोड ६७ लाखबाट बढेर १२ करोड ७४ लाख धनात्मक भएको छ । निष्कृय कर्जा बढेर २.९२ प्रतिशत भएको छ । यसअघि २.७९ प्रतिशत रहेको थियो ।

संस्थाले जोखिम ब्यवस्थापनका लागि १ करोड ८६ लाख छुट्याएको छ । संस्थाको प्रतिसेयर आम्दानी घटेको छ । ३६ रुपैयाँ १७ पैसाबाट घटेर ३५ रुपैयाँ ८ पैसा भएको छ ।

लघुवित्तको चुक्ता पूँजी ४०.४९ प्रतिशत बढेको छ । जगेडा कोषमा ४.४५ प्रतिशत, सापटीमा ७९.६९ प्रतिशत, निक्षेपमा ३०.७९ प्रतिशत र कर्जामा ४८.०८ प्रतिशत बढेको छ ।