सानिमा बैंकको शाखा विस्तार, नयाँ शाखा कावासोती, बर्दिबास र अत्तरियामा

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । सानिमा बैंकले एकैदिन ३ स्थानमा आफ्नाे शाखा बिस्तार गरी बैंकिङ सेवा सुरू गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरीयामा शाखा बिस्तार गर्दै बैंकिङ सेवा सुरु गरेको हो ।

नवलपुर, कावासोती ८ मा स्थापना गरिएको शाखाको कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले, बर्दिबास १ मा स्थापना गरिएको शाखाको बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कि र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष आशोकराज देवकोटाले उद्घाटन् गरेका बैंकले जनाएको छ ।

बैंकका शाखा बिस्तार तथा सेवा अरम्भ गरेकोमा तिनै स्थानका जनप्रतिनिधि र व्यवसायीले बैंकलाई आभार व्यक्त रेका छन् । उनीहरुले जनतामा बैंकिङ सेवाको पहुँच र यो सेवालाई व्यवस्थित र गुणस्तरिय बनाउने अपेक्षा गरेका छन् । बैंकले सधैं विश्वसनिय र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

देशका विभिन्न जिल्लामा गरी सानिमा बैंकले १२२ शाखा कार्यालयबाट सेवा दिईरहेको छ भने बैंकका १०२ वटा एटिएमबाट ग्राहकले सेवा पाईरहेका छन् ।