४७ प्रतिशतले घट्यो मनकामना स्मार्ट लघुवित्तकाे नाफा

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाको सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा घटेको हो ।

संस्थाको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ करोड ३ लाख रुपैयाँ खुद नाफा देखिएको छ । यो नाफा गएको वर्षको सोहि अवधिकोभन्दा ४७.३२ प्रतिशतले कम हो । गएको वर्ष लघुवित्तले १ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी बढेको छ । गएको वर्षको पुस अन्तिमसम्म खराब कर्जा कम उठेकोले नाफामा कमि भएको हो । खुद ब्याज आम्दानी १३.९६ प्रतिशत बढेको छ । संचालन मुनाफा ५२ करोड ३५ लाख ऋणात्मक रहेकोमा २५ लाख ६२ हजार रुपैयाँ धनात्मक भएकाे छ ।

यस आर्थिक वर्षको पुसको अन्तिमसम्म लघुवित्तले १ करोड ६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । यो अघिल्लो वर्ष सोहि अवधिमा ५४ करोड तेत्तिस लाख रहेको थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ९५ पैसाबाट घटेर १४ रुपैयाँ ६६ पैसा भएको छ । लघुवित्तको मूल्य आम्दानी रेसियो १०९.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

लघुवित्तको चुक्ता पुँजी बहत्तर.तीनतीन पतिशत बढेको छ । जगेडा कोष १.नौतीन पतिशत घटेको छ । संस्थाको सापटी तेह.तीनौ पतिशत, निक्षेप एक्काइस.तीनएक पतिशत र कर्जा दुइतीन.तीनतीन पतिशत बढेको छ ।