जेठमा स्थानीय तहको चुनाव हुँदैछ, हामी गठबन्धन मिलेरै जान्छौं : माधव नेपाल

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन अझै बलियो हुने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले गठबन्धन कुनै पनि हालतमा नफुट्ने र जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताएका हुन् ।

‘जेठमा स्थानीय तहको चुनाव हुँदैछ,’ अध्यक्षले नेपालले भने, ‘हामी गठबन्धन मिलेर जान्छौं । कसैले गठबन्धन तोडौँ भनेका होला । यो गठबन्धन तोडिनेवाला छैन ।’ आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको उनले बताए ।

‘हामी तीनै जना बसेर छलफल गर्‍यौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’ विचार मिल्ने वामपन्थी र लोकतान्त्रिक गठबन्धनले दक्षिणपन्थीमा तरंग ल्याएको उनको भनाइ छ ।