गत वर्षको तुलनामा १ करोड ७८ लाख रुपैयाँले बढ्यो धौलागिरी लघुवित्तको मुनाफा

-



     सफल आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको मुनाफा गत वर्षको तुलनामा १ करोड ७८ लाख ८३ हजार रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा लघुवित्तको खुद नाफा ४९३.१९ प्रतिशत बढेर २ करोड १५ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३६ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधीमा लघुवित्तले खुद ब्याज आम्दानी ३०‍.६० प्रतिशत बढेर ५ करोड १६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ, जगेडा कोष ८३.५७ प्रतिशत बढेर १० करोड ५३ लाख १२ हजार रुपैयाँ, निक्षेप २८.८७ प्रतिशत बढेर ६२ करोड १४ लाख १० हजार रुपैयाँ, कर्जा ६३.६१ प्रतिशत बढेर १ अर्ब ४४ करोड ४८ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।