
काठमाडौं, २० माघ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिम सिन्धुपाल्चोकका जुगल गाउँपालिकाका वडा नं २, ३ र ४ का स्थानियका लागि १० लाख ९६ हजार ७८२ कित्ता रहेको छ । वडा नं ५ र ७ बलेफीको बडागातवा र सुनकोशी गाउँपालिकाको वडा नं ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर बिक्री गरिने भएको छ ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि बिक्रीमा ल्याईने सेयर सबै बिक्री नभएको खण्डमा बाँकी रहेको समेतलाई समायाेना गरेर सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि निष्काशन तथा बिक्रीमा ल्याईने भएको छ ।
सेयरमा लगानी गर्नका लागि स्थानियले कम्तिमा १० कित्तादेखि १ लाख कित्ताका लागि आवदेन दिने पाउने भएका छन् । लगानी गर्न चाहने लगानीकर्ताले छिटोमा फागुन १२ तथा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




