नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । छनोट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएपछि १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । पाल्पा स्थायी ठेगाना भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख थिए ।

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।