
काठमाडौं, २१ माघ । केहिदिन उकालो लागेको सुनचाँदीको भाउ फेरि घटेको छ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको हाे।

छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन यसदिन रुपैयाँ ५०० ले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




