शिखर इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।

सेयर मूल्य नेप्समा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ५५०.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ९८६ रहेको थियो । कम्पनीले कम्पनीले हकप्रद निष्काशनको लागि आज माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।