नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

-



     सफल आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ माघ । नेपाल लाइफ इन्स्योन्स कम्पनीले गत साताको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको इन्स्योरेन्स सञ्चालक समितिको ३३२औं बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद सेयर गरी १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्ताव गरिएको लाभांश बिमा समिति र नेपाल लाइफको वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्ने प्राप्त गर्ने कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिए ।