आईतबार सुनकाे भाउ स्थिर

-



     सफल आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार माघ २१ गते शुक्रबार भएको थियो । सोहि दिनको भाउमा आज कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन यसदिन प्रतिताेला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि छापावाला सुन सोहि भाउमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुन प्रतिताेला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन सोहि भाउमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउमा पनि कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।