स्वाबलम्बन लघुवित्तले कमायो साढे २३ करोड खुद नाफा

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ ।

संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षकोभन्दा २७.४२ प्रतिशत बढी हो । गएको वर्ष यो नाफा १८ करोड ४५ लाख रहेको थियो ।

लघुवित्तको संचालन नाफा ०.३१ प्रतिशत बृद्धि भएको छ । यसरी बृद्धि भएको नाफा २९ करोड ३८ लाख रहेको छ । गएको वर्ष यो नाफा २९ करोड २९ लाख थियो ।

संस्थाको खुद ब्याज आम्दानी २०.६६ प्रतिशत बढेको छ । जो ७६ करोड ६२ लाख रहेको छ । गएको वर्षमा यस्तो आम्दानी ६३ करोड ५० लाख रहेको थियो ।

यस आर्थिक वर्षको ६ महिनामा लघुवित्तले ५ अर्ब त्रिचालिस करोड सापटी लिएको देखिन्छ । १८ अर्ब ९६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यस्तो सापटी ४ अर्ब २८ कराेड थियो भने १५ अर्ब ८१ करोड कर्जामा परिचालन गरिएको थियो ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब १२ करोड रुहेको छ । जगेडामा १७.५३ प्रतिशत बढेको छ । जो १ अर्ब ८० करोडको उच्चता हाे । अघिल्लो वर्ष जगेडामा १ अर्ब त्रिपन्न करोड रहेको थियो ।

प्रतिसेयर आम्दानी घटेको छ । गएको वर्ष ४६रुपैयाँ ५७ पैसा रहेकोमा घटेर ४१.९० रुपैयाँ भएको छ ।