एनसीसी बैंकका सञ्चालक प्रधानले दिए राजीनामा

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले राजिनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाएर सर्वसाधारण समूहका प्रधानले माघ २३ गते सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका हुन् ।

बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३औं सञ्चालक समितिको बैठकले प्रधानको राजिनामालाई स्वीकृत गरेको कम्पनी सचिव विश्वनाथ भट्टराईले जानकारी दिए ।