
काठमाडौं, २४ माघ । साताको दोस्रो कारोबार सोमबार नेप्से सूचक १५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ बिन्दुमा प्रवेश गरेको हो ।
नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ अंकमा प्रवेश गरेको हो । साताको पहिलो कारोबार भारी अंकले गिरावट आएको नेप्से आज उकालो लागेको छ । आइतबार ४० अंकले घटेको नेप्से प्रि–ओपन सेसनमा पनि घटेको थियो ।
आज सेयर कारोबा ५ अर्बभन्दा माथि रहेको छ । २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा किनबेच भएको हो । नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज ३ उपसमूहबाहेक सबैको सेयर उकालो लागेको छ ।
आज लगानी समूहअन्तर्गतको सेयर बढेको छ । सो समूहको सेयर ३.०६ प्रतिशतले बढेको हो । आज घटेका समूहहरु बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७, लघुवित्त ४.३९ अंकले घटेका छन् । बाँकी सबैको सेयरमा हरियाली देखिएकोे छ ।
आज सबैभन्दा बढी सेयर मूल्य निफ्राको बढेको छ । निफ्राको सेयर ३२ अंकले बढेर ४१२ रुपैयाँ प्रतिकित्ता पुगेको हो । आइतबारको तुलनामा निफ्राको सेयर ८.४२ प्रतिशतले बढेको हो । छ्याङ्दी हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रोका लगानीकर्ताले आज धेरै कमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रो, सपोर्ट लघुवित्त, साहस उर्जाको सेयर आज धेरै घटेको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




